ताप्लेजुङ नआउन प्रशासनको निर्देशन, आए काबेलीबाटै फिर्ता

सेयर गर्नुहोस्

ताप्लेजुङ, भदौ ४
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सहमति बिना आएका सवारी साधन र यात्रुलाई अब काबेलीबाट फर्काउने भएको छ ।
स्थानीय प्रशासनको सहमति बेगरका सवारी तथा यात्रुलाई नाका–नाकामै रोकिदिन झापा,इलाम र पाँचथर प्रशासन कार्यालयमा अनुरोध पत्र पठाएको छ । सहमति बेगर जिल्ला प्रबेश गर्न खोज्ने सवारी तथा यात्रुलाई ताप्लेजुङ प्रस्थान नाका काबेलीबााट फिर्ता पठाईने भएकोले सो स्थान भन्दा अगावै फिर्ता गराउने वातावरणका लागि झापा,इलाम र पाँचथर प्रशासन कार्यालयमा अनुरोध पत्र पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाले जानकारी दिए ।
जिल्ला बाहिर उपचारका लागि अस्पतालले रेफर गरेका बिरामी,उपचारपछि अस्तपतालको पूर्जासहित फर्किएका र क्रियाबस्न जाने नागरिकलाई मात्र अत्यावश्यक सेवा मानी जिल्ला बाहिर पठाउन सकिने खतिवडाले बताए । नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आएका झरेन्द्रप्रसाद चापागाँई संग कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका पदाधिकारी तथा क्रियाशिल राजनीतिक दलको परिचयात्मक कार्यक्रममा सहायक प्रजिअ खतिवडाले अत्यावश्यक सेवा बाहेक सवारी पास जारी नहुने गृह मन्त्रालयको आदेश कार्यान्वयनमा आफुहरु निर्मम बनेको जानकारी दिए । झापा,मोरङ,सुनसरी सहितका जिल्लाबाट ताप्लेजुङ आउन चाहने नागरिकलाई पनि तत्काल जिल्ला प्रबेशको योजना नबनाउन र यथास्थानमा सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । उनले कम्तिमा महिना दिन सम्म बाध्यताका आधारमा पास जारी गर्नुपर्ने अवस्था आउन नदिन जिल्लाबासी सबैले सहयोग गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.