काेराेना कहर :घरबाट निकालेर क्वारेन्टाइनमा !

सेयर गर्नुहोस्

मिलन अधिकारी

गाैरादह भाद्र ३,गाैरादहमा अाज १ जनालाई घरबाटै क्वारेन्टिनमा पठाईएकाे छ । वडा नम्वर १मा भारत गएरअाएकि एकजना महिलालाई समुदायकाे सुचनाकाे अाधारमा क्वारेन्टिन पठाईएकाे हाे । गाैरादह १ नम्वर वडामा बसाेवास भएकि महिला केहिदिन अघि पारिवारिक कामले भारतकाे बिहार गएकाे छिमेकिहरुले बताएका छन । उनी मंगलवार घर फर्केर थिईन । तर उनी भारतबाट अाएर क्वारेन्टिनमा नबसि सिधै घरमा लुकिछिपि बस्नुका साथै छर छिमेकिलाई समेत छल्ने प्रयास गरेकि थिईन । त्यसकाे अलावा नजिकै गाैरादह बजारमा रहेकाे पसलमा समेत व्यापार गर्द‌ै गरेकाे देखेपछि समुदायले वडा अध्यक्षलाई जानकारि गराएका थिए । समुदायबाट सुचना पाए लगत्तै उनलाई अाफै गएर जुराेपानि स्थित क्वारेन्टिनमा पठाईएकाे र परिवारलाई हाेम क्वारेन्टिनमा बस्न निर्देशन दिएकाे वडा अध्यक्ष नगेन्द्र भण्डारिले बताए । गाैरादहमा किराना तथा सब्जि पसल समेत संचालन गर्दै अाएकि उनी भारतकाे बिहार पुगेर अाएकाे उनका पति रमेश साहले समेत पुष्टि गरे । उनले भने ” ससुरालिमा ससुराकाे मृत्यु भएपछि उनी भारत गएकि थिईन ।” तर छिमेकिहरुले पति र परिवारले समेत पहिले बिर्तामाेड पुगेर अाएकाे भनेर छल्ने प्रयास गरेकाे अाराेप लगाएका छन । काेराेनाकाे संक्रमण दिनप्रतिदिन बढदै जादा समुदायमा यस्ता घटना देखिनुले संक्रमण समुदायमा भित्र भित्रै फैलिरहेकाे हाे कि भन्ने अाशंखालाई बढाएकाे गाैरादहका समाजसेबि खगेन्द्र थापाले बताए । भारत संग नजिक सिमाना जाेडिएका नगरहरुमा खुलेअाम भारत जाने अाउने र सिधै समुदायमा घुलमिल हुने क्रमलाई राेक्न नसकिए भयावह अबस्था अाउनसक्ने थापाकाे भनाई छ । यसमा समुदाय समेत सचेत हुनुपर्ने र कसैले शंखास्पद गतिबिधि गरेकाे देखेमा प्रहरी वा वडामा जानकारि गराउनु सचेत नागरिककाे कर्तव्य भएकाे उनले बताए ।