वीपी प्रतिष्ठानमा संक्रमित महिलाकाे मृत्यु

सेयर गर्नुहोस्

धरान, भदाै ३

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मोरंगको बुढीगंगा २ का ६७ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएकी थिइन् । उनलार्य साउन २५ गतेदेखि अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो पनि आएको थियो । साथै, मुटुको पनि उनको उपचार भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

संक्रमित महिला भदौ २ गते(मंगलबार) बिहान २ बजे प्रतिष्ठानमा भर्ना भएका थिए । उनको साँझ पौने ५ बजे निधन भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । मृतकको शवको व्यवस्थापन प्रोटोकल अुनसार भइरहेको पनि उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.