आजै ७ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ११४ !

सेयर गर्नुहोस्

काठमाण्डाै, भदाै २
नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।

मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.