दमकमा थपिए ७ जना संक्रमित, जाेखिम बढ्दै

सेयर गर्नुहोस्

दमक,भदौ २
दमकमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै पुरुष हुन् । दमकको वार्ड नं ५ मा नै ४ जना भेटिएका छन् ।
भदौ १ गते गरेका स्वाब संकलनमा दमक ४ का २६ बर्षका एक जना, दमक ५ का २२,२५,२६,६२ बर्षका संक्रमित भेटिएका हुन् । ३ नम्बरका २९ र २७ बर्षिय पुरुषमा संक्रमण देखिएको हो । दमक ४ का २६ बर्षिय पुरुष साउन २० गतेदेखि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । अरु भने समुदायमा नै संक्रमण देखिएको बुझिएको छ ।
नगरपालिकाले आधिकारिक जानकारी भने प्रकाशित गरेको छैन् । दमकमा समुदायमा कोरोना भाइरस देखिएपछी लकडाउन गरिएको छ । दमकमा अहिले सम्म ३१ जना दमकका मात्रै संक्रमित भेटिएका छन् । दमकमा स्वाब संकलन गरेका शिवसताक्षीका २ जनामा समेत कोरोना देखिएको थियो ।

Leave a Reply

Your email address will not be published.