नेपालगञ्जमा एक संक्रमितकाे मृत्यु, मृतककाे संख्या १०९ पुग्याे

सेयर गर्नुहोस्

नेपालगन्ज, भदाै २
नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज निवासी एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

नेपालगञ्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो। अस्पतालका अनुसार ३२ साउनमा उनलाई अस्पताल भर्ना गरिएको थियो। ३० साउनमा कोरोना देखिएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो।