सेयर गर्नुहोस्
झापा, भदाै १
नेपाल विद्युत प्राधिकरणका थप २ कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ । उनीहरू सहित दमकका ६ जनामा काेराेना देखिएकाे हाे । कर्मचारीहरू भने शिवसताक्षीकाे बाेलाे चाैकमा रहेकाे वितरण केन्द्रमा कार्यरत हुन । दमककाे २, ८ र ९ वडाका नयाँ संक्रमित थप भएका हुन ।
साउन २८ गतेकाे पीसीआर परिक्षणमा उनीहरूकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे । शिवसताक्षीकाकाे समेत दमकमा परिक्षण गरिएकाे थियाे । यस अघि दमककाे विद्युत प्राधिकरणमा कार्यरत ५ जना कर्मचारीमा काेराेना देखिएकाे थियाे । दमकका २९, ३०, ३१ र ५५ बर्षिय पुरूषमा संक्रमण देखिएकाे हाे ।