मेची अस्पतालबाट काेराेना परिक्षण बन्द गर्न कांग्रेसकाे माग

सेयर गर्नुहोस्

झापा, भदाै १

नेपाली कांग्रेसको क्षेत्रिय समितिले मेची प्रादेशिक अस्पतालबाट कोरोना भाइरस परीक्षण प्रयोगशाला हटाउन माग गरेको छ । प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र पठाउँदै कांग्रेसको तीन नम्बर क्षेत्रीय समितिले यस्तो माग गरेको हो ।

कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएपछि मेची प्रादेशिक अस्पतालमा संक्रमणको जोखिम बढेको भन्दै बिरामी आउन छोडेकाले यसलाई अन्यत्र सार्न माग गरिएको कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले बताए ।

प्रयोगशाला स्थापना भएपछि उपचारका लागि आउने नागरिक कोरोना त्रासका कारण सेवा लिनबाट वञ्चित भएको कांग्रेसको जिकिर छ ।