चित्तल सहित शिकारी पक्राउ

सेयर गर्नुहोस्

 माेरङ, जेठ १
मोरङको पथरीबाट प्रहरीले चित्तलसहित दुुइ शिकारी पक्राउ परेको छ ।

पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वनमा पासो थापेर चित्तर मारि लैजादै गर्दा प्रहरीले शिकारीलाई नियन्त्रणमा लिएको पथरी प्रहरी प्रमुख प्रहरी नायव उपनिरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा पथरीशनिश्चरे १ का २७ वर्षीय चित्रकुमार श्रेष्ठ र सोहि वडाका २१ वर्षीय विवश राई रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट मासु काट्न प्रयोग गर्ने हतियार, चित्तलको छाला काट्न प्रयोग गरिने सानो फलामको हतियार र पासो थाप्न प्रयोग गरिएको प्लास्टिकको डोरी बरामत गरेको छ ।  पक्राउ परेका सिकारी र चित्तललाई प्रहरीले आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको छ ।

वन क्षेत्रको माथील्लो भागमा चित्तललाई पासोमा पारी तान्ने लैजाने क्रममका वन हेरालुहरुले देखेर प्रहरीलाई खवर गरेपछि वनका पदाधिकारी र प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बनका अध्यक्ष कावुल बहादुर मगले जानकारी दिए । उनले कोरोनाका कारण बनमा हुने नियमित गस्ति नभइरहेको बेला बन्यजन्तुको चोरी निकासी बढिरहेको बताए । शिकारीले चित्तलकाे मासु महँगाेमा बिक्रि गर्छन् भने यसकाे छालाकाे समेत महँगाेमा बिक्रि हुने बताइन्छ ।