विराटनगर, ३ भदौ ।
प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ । जसमा चारजना दुई नम्बर प्रदेशका छन् । १३ जना मोरङ जिल्लाका हुन ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङ र सुनसरीका एक एक जना वृद्धाको मृत्यु भएको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मंगलबार साँझ बुढीगंगा गाउँपालिका– २ की ६५ वर्षिय महिलाको मृत्यु भएको थियो । उनलाई मंगलबार नै संक्रमण पुष्टि भएको थियो ।
बुधबार बिहान धरानकी ७१ वर्षिय वृद्धाको मृत्यु भएको छ । उनलाई २३ साउनमा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा मृत्यु भएका दुईजनामा मुटुको समस्या थियो ।
यस्तै प्रदेश १ मा बुधबार थप १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३३ महिला र ९० पुरुष छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ ।
मन्त्रालका अनुसार माेरङमा संक्रमण पुष्टि भएका ६७ संक्रमितमध्ये विराटनगरमा थपिएका ५२ जना हुन् । संक्रमितमध्ये ३२ पुरुष र २० महिला छन् ।
मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएका भारतीयमध्ये १ महिला र १ पुरुष हुन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ ।
प्रदेश १ मा बुधबार २ जना डिस्चार्ज भएका छन् । याेसँगै प्रदेश १ मा डिस्चार्ज हुनेकाे संख्या १ हजार १ सय ३५ पुगेकाे छ ।
बुधबार प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको थियाे ।