अस्पतालबाट काेराेना संक्रमित गायब !

सेयर गर्नुहोस्

विराटनगर, साउन ८

विराट नर्सिङ होम विराटनगरकाे लापरवाहीका कारण कोरोना संक्रमण पुष्टि भएका विराटनगरका एक पुरुष सम्पर्क बिहीन भएका छन् । बुधबार संक्रमण पुष्टि भएका विराटनगरका ५० वर्षीय पुरुष सम्पर्क बिहीन भएका हुन् । मंगलबार विराट नर्सिङ होममा स्वाब संकलन गर्दा ठेगाना विराटनगर मोरङ लेखेका थिए । नर्सिङ होमले स्वाब संकलन गरी परीक्षण गर्न काेशी अस्पताल पठाएकाे थियाे । काेशीमा जाँच गर्दा काेराेना पाेजेटिभ देखिए पनि ठेगाना र सम्पर्क नम्बर नहुँदा संक्रमित व्यक्तिकाे पहिचान मुस्किल भएकाे विराटनगर महानगरपालिकाले जनाएको छ । सम्पर्क बिहीन भएका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले बताए । मंगलबार नै संक्रमण पुष्टि भए पनि कोशी अस्पतालले बुधबार बिहान मात्र महानगरलाई रिपोर्ट पठाएको थियो । तर ५० वर्षका ती पुरुष फेला परेका छैनन् ।