झापा, साउन ७
झापामा अनुमति विनै सञ्चालन गर्न लागिएको कोभिड–१९ परीक्षण प्रयोगशाला (पीसीआर ल्याव) कोटीहोममा सञ्चालन नगर्न प्रदेश १ सरकारले निर्देशन दिएको छ ।
‘एकका लागि एक अभियान’ ले सञ्चालन गर्न लागेको पीसीआर ल्याव मेची अस्पतालमा निर्माणाधिन कोभिड–१९ हस्पिटलमा सञ्चालन गर्ने गरी मात्रै स्वीकृति दिन सकिने प्रदेश सरकारले जनाएको छ । आज सम्पन्न स्वास्थ्यमन्त्री र (आइसीए) का पदाधिकारी सहित कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सामाजिक विकास मन्त्रालयमा माग भए बमोजिम प्रयोगशाला निर्माण गर्न नदिने स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई प्रदेश १ ले जनाएको छ । सो इकाईले असार १० गते मेची अस्पताललाई प्रयोगशाला स्थापना गरी कोभिड अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको छ ।
स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा.समिर कुमार अधिकारीले सो निर्णय कार्यान्वयन गर्न मेची अस्पताललाई पत्राचार गरिसेकका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्ने झापा जिल्लास्तरीय राजनीतिक समितिलाई वाइपास गरेर एकका लागि एक अभियानले चन्दा संकलन गर्दै पीसीआर ल्याव सञ्चालन गर्ने तयारी थालेको थियो । चन्दा, सहयोग संकलनबाटै करोडौं जुटाएको सो अभियानले आफु खुशी प्रयोगशाला सञ्चालनको तयारी गरेको आज सार्वजनिक भएको पत्रले स्पष्ट पारेको छ ।
मेची अस्पतालमा कोभिड–१९ को उपचार गर्ने गरी अस्पताल बनाउने तयारी थाल्दै गर्दा एकका लागि एक अभियानले अस्पताल सञ्चालनार्थ असहयोग गर्ने गरी अभियान थालनी गरेको चर्चा त्यतिखेरैबाट शुरु भएको थियो । जिल्लास्थित कुनै निकायसँग अनुमति नलिई थालेको सो अभियानले आफै ल्याव सञ्चालन गर्न शुरुआतमा कनकाई नगरपालिकालाई आग्रह गरेको थियो । कनकाई नगरपालिकाले मौन स्वीकृति दिएपनि खर्च धान्न गाह्रो हुने निष्कर्ष निकालेको थियो । त्यसपछि अभियानले सामाजिक विकास मन्त्रालयसँग प्रयोगशाला सञ्चालन अनुमति माग गरे पनि स्वीकृति दिएको थिएन ।
झापामा नीति क्षेत्रबाट ल्याव खरिद गरे पनि सरकारी अस्पतालबाटै सञ्चालन हुनुपर्ने माग गरिर्दैंैअाएको थियो । कोरोना परीक्षण संवेदनशील हुने भन्दै सरोकारवालाले कोटीहोममा प्रयोगशाला सञ्चालन गर्न नहुने मत राख्दै आएका थिए । झापाका एक वरिष्ठ चिकित्सक भन्छन्, कोरोना परीक्षण कोटीहोममा गर्नुपर्ने कारण मैले बुझ्न सकेको छैन, नीजि क्षेत्रले योगदान गरेर पनि मेची अस्पताललाई दिन सकिन्थ्यो, किन खोला किनारमा पुर्याइयो, बुझिन । (इजलास अनलाइबाट साभार)