स्वाब संकलन गर्ने नै संक्रमित, स्वाब संकलन बन्द

सेयर गर्नुहोस्

विराटनगर, साउन ३२

विराटनगर महानगरपालिकामा काेराेना परिक्षणका लागि स्वाव लिइरहेका एक चिकित्सकमा काेरानेा पाेजेटिभ भएकाे पाइएकाे छ ।

महानगरका स्वास्थ्य महाशााखा प्रमुख रमेश कार्कीकाअनुसार दैनीक स्वाव लिने काममा सहभागी स्वास्थ्यकर्मी नै सँक्रमित भएपछि पिसिआर परिक्षणका लागि स्वाव लिने काम बन्द भएकाे छ । कार्कीले स्वाव सँकलनमा रहेका र उनीहरूसँग कन्ट्रयाकमा रहेका सम्पुर्ण व्यक्तिकाे ट्रेसिङ भइरहेकाे र भाेली सबैकाे स्वाव लिने अर्कै विशेष स्वास्थ्यकाे टाेली खटिने जानकारी दिए । त्यसपछि मात्र सर्वसाधारणकाे स्वाव सँकलन गरिने उनकाे भनाइ छ । हालसम्म विराटनगरमा ५ सय ४२ मा काेराेना देखिएकाे छ । आजमात्रै ८६ व्यक्तीमा काेराेना देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published.