गाैरादहकाे पिसिआर ५ दिन सम्म अत्ताेपत्ताे छैन, मेयर भन्छन- प्रदेश र केन्द्रसँग साेध्नुहाेस्

सेयर गर्नुहोस्

मिलन अधिकारी

गाैरादह, साउन ३२

गौरादह नगरपालिकाले समुदायमा कन्ट्राक ट्रेसिङ्गको पिसिआर रिपोर्ट ५ दिन सम्म आएको छैन । गौरादह नगरपालिकामा ५ जनामा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङ्गको पिसिआर रिपोर्टको ५ दिन बित्नलाग्दा समेत अत्तो पत्तो नभएको हो ।

पिसिआर रिपोर्ट आउन ढिलाई हुदैजादा गौरादहका स्थानिय त्रसित त छदैछन ,नगरपालिका समेत अन्यौलमा देखिएको छ । नगरपालिकालाई समेत के कारणले रिपोर्ट ढिला भएको हो जानकारी नभएको मेयर रोहित शाहले बताए । उनले ठाडै भने, ल्याब नगरपालिकाको हैन, केन्द्र र प्रदेश सरकारको मातहत रहेको ल्याबले रिपोर्ट दिदैन त मैले के गर्नु । उनले थपे, रिपोर्ट त परिक्षणकालागी पठाईएको भोलिपल्ट आउनुपर्ने हो , गौरादहको ५/५ दिन सम्म रिपोर्ट पठाउँदैन ,यसमा हामिले केही गर्न सक्दैनौ , तपाईं केन्द्र र प्रदेश सरकार संग बुझ्नुस ।

उनले परिक्षणकालागी पठाईएकाको रिपोर्ट समयमा नआउदा नगरपालिकालाई योजना बनाउन समेत अप्ठ्यारो परेको बताएका छन । छिमेकि पालिकाहरु दमक नगरपालिका र कमल गाँउपालिकाले कोरोना संक्रमणलाई रोक्न भन्दै लकडाउन र कडाइ गरिसकेको अबस्थामा गौरादह नगरपालिकाले रिपोर्ट आउन ढिलाईका कारण नगरलाई के गर्ने भनेर निर्णय गर्न नसकेको मेयरको भनाई छ ।
त्यस्तै नगरपालिका स्वास्थ्य साखा संयोजक पर्शुराम भट्टराईले आईतवारपनि रिपोर्ट आउने टुंगो नभएको बताए । गौरादहको पिसिआर परिक्षणकालागी पठाईएको ल्याव बिग्रिएको र प्लेन चार्टर गरेर काठमांडौंबाट टेक्निसियन बोलाउनु पर्ने भएकोले रिपोर्टको टुंगो नभएको भट्टराईले बताएका छन ।

गौरादहबाट मंगलवार र बुधवार संक्रमितको सम्पर्कमा आएका र शंकास्पदमलाइ कन्ट्रयाक ट्रेसिङ्ग गरि २ सय भन्दा बढिको स्वाब झापाको भद्रपुर ल्याबमा परिक्षणकोलागी पठाईएकामा आईतवार सम्म रिपोर्ट आउने/नआउने टुंगोलाग्न सकेको छैन ।