वीपीमा एक संक्रमित महिलाकाे मृत्यु

सेयर गर्नुहोस्

धरान, साउन ३२

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ ।

विराटनगरको न्युरो हस्पिटलबाट रिफर भई आएकी विराटनगरको तीनपैनीका ५० बर्षीय महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ४, ५ दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरोले प्रतिष्ठान रिफर गरेको जनाएको थियो ।

उनलाई हिजो शनिबार राती साढे ११ बजे प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक महिलालाई फोक्सोको समस्या, थैरोइडको समस्या र मुटुको उपचार दिल्लीमा भइरहेको पनि जानकारी प्राप्त भएको डा.सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published.