आज रातिदेखि दमकमा लकडाउन

सेयर गर्नुहोस्

  दमक, साउन ३१

झापाको दमकमा समुदायमा काेराेना संक्रमण देखिएपछी दमक बन्द हुने भएकाे छ । दमक उद्याेग वाणिज्य संघले बजार बन्द गर्ने निर्णय गरेकाे हाे ।

व्यवसायी र उपभाेक्ताकाे सुरक्षाका लागि अर्काे सुचना नहुन्जेलसम्म बजार, पसल बन्द गर्ने निर्णय गरेकाे हाे । दमककाे सब्जी बजारका एक व्यवसायीमा काेराेना भाइरस देखिएसँग शुक्रबारदेखि दमकमा समय ताेकेर पसल खाेल्न थालिएकाे थियाे । धुलिखेलमा उपचारमा क्रममा रहेका ती व्यवसायी सब्जी बजारमा पसल गर्थे ।

शनिवार दिउसो बाणिज्य संघको बसेको बैठकले यो निर्णय गरेको हो । यसभन्दा अघि दमक नगरपालिकाले आंशिक रुपमा लकडाउन घोषणा गरेको थियो । विहान ८ बजेदेखि ४ बजेसम्म पसल तथा ब्यवसाय खोल्ने निर्णय गरेता पनि संघले  अर्को सूचना जारी नभएसम्म सबै बन्दको निर्णय लिएको छ ।

शुक्रबार दमकमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाल विद्युत प्राधिकरणका ५ जना कर्मचारी संक्रमण देखिएकाे थियाे ।