गेटले किच्दा बालिककाे मृत्यु

सेयर गर्नुहोस्
  • 8
    Shares

झापा, साउन ३१

छिमेकीले बनाउँदै गरेको घरको गेटले थिचेर बिर्तामोड–१ को देवी पञ्चकन्यामा एक जना बालिकाको मृत्यु भएको छ । घटनामा उनकी दिदी घाइते भएकी छन् ।

गेटले थिचेर ८ वर्षकी एन्जल सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनकी दिदी ११ वर्षीय एलुन सुनार घाइते भएकी छन् । उनको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।

छिमेकी निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको गेटले किच्दा उनीहरु दुबै घाइते भएका थिए । उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । खेल्ने क्रममा उनीहरुलाई गेटले थिचेको प्रहरी अनुमान छ ।

Leave a Reply

Your email address will not be published.