दमक, साउन ३१
समुदायमा कोरोना संक्रमण देखिएपछी दमकमा शनिबार रातिदेखि एक साता लकडाउन हुने भएकाे छ । कोरोना नियन्त्रण समन्वय समितिको आज नगरपालीकामा बसेको बैठकले दमकमा संक्रमणको जोखिम बढेको भन्दैभदाै ७ गतेसम्म पुर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिमा एम्बुलेन्स, प्रहरीको गडी, प्रेसको गाडी देखी बाहेक सबै यातायातका साधहरु बन्द रहने छन् । दुधका पसलहरु बिहान ६ बजे देखी ८ बजे सम्म मात्रै खोल्न पाईने, भएकाे छ । बैंक, बित्तिय संस्था, फुटपाथका पसल, किराना पसल लगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने छन् । औषधि पसल र अस्पतालका इमर्जेन्सीमात्रै खुल्ला रहने छ । एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफरिस लिनु पर्ने, सिटि सफारी, मोटर साईकल कुनै सवारी साधन सञ्चालन गर्न नपाईने नगरपालिकाले जनाएकाे छ । समुदायमा काेराेनाकाे जाेखिम उच्च भएसँगै कन्ट्रयाक ट्रेसिङ गरिने उप प्रमुख गिता अधिकारीले बताइन् ।