कमलमै खुल्याे पापड उद्याेग

सेयर गर्नुहोस्

मिलन अधिकारी

झापा, साउन ३१

झापाकाे कमल गाउपालिका वडा न ५ का केही युवाहरूले पापड उद्याेग शुरू गर्ने भएका छन् । उद्याेगकाे वडा अध्यक्ष डम्बरबहादुर निराैलाले शिलान्यास गरे ।

स्थानीय युवा र एकल महिला गरि ५ जनाले स्वादिष्ट खाध्यान्न उध्योगको पहिले उत्पादन मार्फत स्वादिष्ट पापड बजारमा ल्याउन लागेका हुन । उद्याेगले दशै अगाडि नै आफ्नो उत्पादन बजारमा ल्याउने उद्धेश्यले काम अगाडि बढाई रहेको संचालक राम थापाले बताए ।
कोरियावाट फर्किएका युवाले कोरियामा सिकेको सिपलाई स्थानिय ठाउँमा उपयोग गर्ने र स्थानिय स्तरमा रोजगारी बढाउने उद्देश्यले पापड उध्योग स्थापना गर्न लागेको अर्का संचालक युवा कमल ओझाले बताए । स्थानिय स्तरमा उत्पादन हुने मुगदाल , उरठ दाल जस्ता कच्चा पदार्थबाट बनाउन सकिने र स्थानिय कच्चा पदार्थलाई नै प्राथमिकता दिने पापड उद्याेगले जनाएकाे छ । स्थानीय युवाहरुलाई स्वारोजगार बनाउनुका साथै अन्यलाई समेत रोजगारि दिन सक्ने भएकाले पनि स्थानीय सरकारकाे सदैव सहयाेग रहने वडा अध्यक्ष डम्वर बहादुर निरौलाले बताए ।
हाल नेपाली बजारमा भारतमा उत्पादित पापडले बजार लिईरहेको अबस्थामा स्थापना हुन लागेको उध्योगले त्यसलाई कम गर्ने बिश्वास रहेको युवा उद्यमी सुमन कार्किले बताए ।


एकल महिला सितादेवी ओझाको समेत गरेर उद्याेगमा प्रारम्भमा ३० लाखको लगानी रहने छ । दैनिक ५ हजार प्याकेट पापड उत्पादन गरेर बजार सम्म पुर्याउने लक्ष्य राखेर सुरु गरिएको उध्योगले स्थानिय बजार हुँदै आफ्ना उत्पादन राष्ट्रिय स्तर सम्म पुर्याउने विश्वास सन्चालककाे छ ।