नेपालमा १ सय २ संक्रमितकाे मृत्यु, १७ हजार काेराेनामुक्त

सेयर गर्नुहोस्

 काठमाण्डाै, साउन ३१

नेपालमा कोरोना संक्रमित मध्ये १ सय २ जनाकाे मृत्यु भएकाे छ । यस्तै १७ हजार बढी कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमित मध्ये १७ हजार २०१ जना कोरोना मुक्त भएका हुन ।

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ छ । तीमध्ये ८ हजार ८ हजार १९३ जना आइसोलेशनमा छन् । संक्रमितमध्ये १०२ जनाको मृत्यु भइसकेको छ । पछिल्लाे २४ घण्टामा तीनजनाको मृत्यु भएको थियो ।

तीनजना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या १०२ पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताए ।

उनका अनुसार प्रदेश १ मा ९ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष हुन् । प्रदेश २ मा ४४ जनाको मृत्यु भएको छ । जसमा ३३ पुरुष र ११ महिला छन् । बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ । जसमा १३ पुरुष र ५ महिला छन् ।

गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । प्रदेश ५ मा १० पुरुष र ३ महिला, कर्णली प्रदेशमा ४ पुरुष र सुदुपश्चिममा पाँच पुरुष र ३ महिला गरि ८ जनाको मृत्यु भएको छ । देशभर ८० पुरूष र २२ महिलाकाे मृत्यु भएकाे प्रवक्ता डाक्टर गाैतमले बताए ।