महिला जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि : धरान

सेयर गर्नुहोस्

धरान: धरानमा एक महिला जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित महिला वडा नं ९ की निर्वाचित दलित मलिा सदस्य हुन् । उनको साउन २४ गते वडा नं १५ मा स्वाब संलकन भएको थियो । उनले आफ्नो ठेगाना वडा १५ लेखाएकी थिइन् । तर, उनी ९ नम्बर वडाको महिला सदस्य भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । विगतमा वडा १५ मा पनि बस्दै आएकोले उनले ठेगाना १५ वडा लेखाएको हुनसक्ने उनले बताए ।

वडाअध्यक्ष रत्न कटवालका अनुसार पहिला घर वडा १५ भएकोले ठेगाना पनि लेखाएको हुनसक्ने बताए । उनलाई ज्वरो पनि आएकोले स्वाब दिन गएको बताए । ‘उहाँ धरान १६ मा बिहे पछि बस्नु हुदैछ, हामी भेट्न नै जादैछौं,’अध्यक्ष कटवालले भने ।

Leave a Reply

Your email address will not be published.