काेराेनाबाट मृत्यु हुने महिला भन्दा पुरूषकाे संख्या दाेब्बर

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन २९
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने महिला भन्दा पुरुषको संख्या दोब्बर बढी छ। कोरोना पुष्टि भई मर्ने पुरुषको संख्या ७३ पुगेको छ।

प्रदेश २ मा सबैभन्दा बढी २८ जना पुरुषको मृत्यु भएको छ। बागमतीमा १३, प्रदेश ५ मा ९, प्रदेश १ मा ८, गण्डकी प्रदेशमा ६, सुदूरपश्चिममा ६ र कर्णालीमा ४ जना पुरुषको मृत्यु भएको हो। प्रदेश २ मा ११ महिला, बागमती प्रदेश ५, प्रदेश ५ मा ३ र सुदूरपश्चिममा ३ जना महिलाको मृत्यु भएको छ। हालसम्म २२ महिलाको कोरोनाबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको बताए।  बिहीबार ५ सय २५ कोरोना संक्रमित थपिएका छन्। 

देशभरबाट १ सय ९  जना डिस्चार्ज भएका छन्। आज काठमाडौंमा मात्र  १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी,भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको गौतमले बताए। देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना बसिरहेका छन्। देशभर हाल ७ हजार ६ सय १३ संक्रमित रहेका पनि गौतमले जानकारी दिए। बुधबार देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएको थियो। देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका उनले बताए।

Leave a Reply

Your email address will not be published.