वीपी प्रतिष्ठानमा एक संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

धरान, साउन २८

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएका छ ।

बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षिय पुरुषको उपचारका क्रममा निधन भएको हो । उनको आज बुधबार बिहान निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘आज बिहान ३ बजेतिर निधन भएको हो,’डिएसपी बस्नेतले भने । 

मृतक करिब एक साताअघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको पनि डिएसपी बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published.