झापा, साउन २७
हल्दिबारी गाउँपालिकाकाकाे काम काज शुरू भएकाे छ । असार १० मा भएकाे गाउँ सभामा ताेडफाड भएपछी उपाध्यक्ष डम्बर गिरीले सभा सन्चालन गरेका थिए ।
मंगलबार बाेलाइएकाे गाउँ सभा समेत अध्यक्ष रविन्द्र लिङदेनले बहिस्कार गरेपछी बहुमत सदस्यले सभा गरेका थिए । फेरि किनारा लगाउँदै उपाध्यक्ष डम्बरबहादुर गिरीसहितले सातौं गाउँसभा सम्पन्न गरेका छन् । सभा सम्पन्न भएसँगै काम काज शुरू भएकाे प्रवक्ता सागर पाेर्तेलले जानकारी दिए ।
अ २३ जना सदस्यहरुले उपाध्यक्ष गिरीको अध्यक्षतामा गाउँसभाको दोस्रो बैठक सम्पन्न गरेको वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।गाउँसभा सम्पन्न भएसँगै गाउँपालिकाकाे काम काज शुरू भएकाे छ । उनले आजबाट गाउँपालिकाको काम कार्वाही सुचारु हुने जनाएका छन् ।
सातौं गाउँसभाको दोस्रो बैठकले रोकिएको काम कार्वाही सबै वडा कार्यालय तथा सम्बन्धित निकायले शुरु गर्ने, गाउँसभाको निर्णय तथा प्रमाणीकरण उपाध्यक्षले गर्ने निर्णय गरेको छ । त्यसैगरी गाउँसभाले ३४ वटा नियम, विनियम, स्थानीय कानुन समेत पारित गरेको गाउँपालिकाका प्रवक्ता पोर्तेलले जानकारी दिए ।