गाैरादहमा कोरोना भाईरस पोजेटिभ पुष्टि भएका ५ जनालाई आज पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ अस्पताल गोठगाउँमा थप उपचारका लागि पठाईएकाे छ । उनिहरुलाई कोभिड -१९ पोजेटिभ आईसोलेसन सेन्टर जुरोपानी स्वास्थ्य चौकी को नयाँ भवनमा एक दिन राखी अाज रिफर गरिएकाे हाे । त्यस्तै हिजो कोरोना संक्रमण पुष्टि भएका गौरादह नगरपालिकाका दुई सशस्त्र प्रहरीको सम्पर्कका आएका १०० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । ती सशस्त्र प्रहरीको क्लोज कन्ट्याक्टमा आएका ५५ जना र उनीहरुको पनि सम्पर्कमा आएका अन्य ४५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको हो । कन्ट्याक्ट ट्रेसिङ गरिनेमा ५ जना सशस्त्र प्रहरी पनि रहेका छन् । संक्रमितहरुको ट्राभल हिष्ट्री पत्ता लगाएर सम्पर्कमा आएका ब्यक्तिहरुको आज विहान ८ देखि १२ बजेसम्म कन्ट्याक्ट ट्रेसिङ गरिएको गौरादह नगरपालिकाका स्वास्थ्य संयाेजक पर्शुराम भट्टराईले बताए । उनले संकलित स्वाब परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको जानकारी दिए । गौरादह ७ घर भएका ती सशस्त्र प्रहरी इलामबाट साउन १५ गते फर्केका थिए । उनीहरुको स्वाब २० गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जसको रिपोर्ट हिजो पोजिटिभ आएको हो । घर फर्किएर ती सशस्त्र प्रहरीले आफन्त भेट्ने, मलामी जाने, होटलमा खाजा खानेजस्ता काम गरेको ट्राभल हिष्ट्रीमा उल्लेख छ । नगरपालिकाले वडा नं. ६ र ७ पुरै तथा वडा नं ८, ५ र ३ को केही क्षेत्र संक्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाव परीक्षणको परिणाम नआउन्जेलसम्मका लागि सिल गर्ने निर्णय भईसकेकाे नगर प्रबक्ता नगेन्द्र भण्डारिले बताए । काेराेना संक्रमण बढदै गएपछि गाैरादह नगरपालिकाले ५० जना संक्रमित राख्न सक्ने क्षमता भएकाे आईसाेलेसन सेन्टर निर्माण गरिसकेकाे प्रशासकिय अधिकृत ओझाले जानकारी गराए ।
२७ श्रावण २०७७, मंगलवार १८:१५