मेरूदण्डकाे हड्डि भाँचिएकी सरस्वती श्रेष्ठकाे उपचार शुरू

सेयर गर्नुहोस्

उर्लाबारी, साउन २६
मेरुदण्डको हड्डी भाचिएकी पाँचथरको सरस्वती श्रेष्ठको उपचार शुरु भएको छ । सरस्वती श्रेष्ठ बचाउ अभियान सहयोग समिति उर्लावारीले उपचारका लागी स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र काभ्रेको साँगामा लगेको छ । १६ वर्षीया श्रेष्ठ पाँचथरको हाङगुम गाउँमा गोठला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर घाइते भएकी थिइन् ।
उनलाई स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र साँगामा राखेर स्पाइनल इन्जुरी सञ्चालन सम्वन्धि सबै कुरा सिकाइने त्यसपछि उनी आत्मनिर्भर भई समाजमा पुर्नस्थापना हुन सहयोग पुग्ने केन्द्रका पदाधिकारीहरुले बताएका छन् । उनीको स्पाइनल इन्जुरीको उपचार ३ महिना गर्नु पर्ने छ । पुर्नस्थापना केन्द्रमा राखेर घाइते श्रेष्ठलाई फिजीयोथेरापी,मनोबिज्ञान परामर्श र नर्सिङ केयर लगायतका कुरा सिकाइने सहयोग समितिको संयोजक तथा सामाजिक अभियान्ता सम्झना तामाङले बताइन्
काठमाण्डौं स्थित बीर अस्पतालको ट्रमा लगायतका अस्पतालमा लगेर विरामीको उपचार गराउदा मेरुदण्डको हडी भाँचिएर घाइते भएकी धेरै समय पुरानो भएकाले सरस्वतीको शल्यक्रिया गर्न सम्भव नभएको र फिजीयोथेरापीको लागि सिफारिस गरेको चिकित्सकहरुलाई उद्धृत गर्दै संयोजक तामाङले बताइन् ।
हालको पाँथरको तुम्वेवा गाउँपालिका ५ हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी भेनाको घरमा बस्दै आएकी थिइन् ।