गाैरादहका ५ सहित झापामा ९ संक्रमित थपिए

सेयर गर्नुहोस्

झापा, साउन २६

झापामा ९ जना संक्रमित थपिएका छन् । ती मध्ये २ जना सशस्त्र प्रहरी पनि छन् । प्रदेशकाे सामाजिक विकास मन्त्रालयले जनाए अनुसार भद्रपुरमा ३ जना, गौरादहमा ५ जना र कमल गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

इलाममा कार्यरत सशस्त्र प्रहरीहरू विदामा घर अाएका थिए । उनीहरू कन्ट्याक ट्रेसिङमा परेका थिए । अरू गाैरादहका ३ जना महारानीझाेडाकाे क्वारेन्टाइमा बसेका हुन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ । तीमध्ये ९ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।