गाैरादह नपाका ५ वटा वार्ड शिल गरिदै (सूचना सहित)

सेयर गर्नुहोस्

मिलन अधिकारी

गाैरादह, साउन २६

गौरादह नगरपालिका का ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरका ४ वटा वार्ड शिल गरिने भएकाे छ ।

आज बेलुका १२ बजेदेखि अर्को सुचना नभएसम्म शिल गर्ने निर्णय गरेकाे हाे । गौरादह नगरपालिकाले आज आकस्मिक रुपमा बोलाएको जनप्रतिनिधि ,राजनीतिका दल तथा उधोग वाणिज्य संगका प्रतिनिधि सहितको सर्बपक्ष भेलाले संक्रमित समुदायमा संक्रमणको जोखिम देखिएको ठहर गरेकाे थियाे । अर्को सुचना नभए सम्मका लागि वडा न . ६,७ र ८ का पुरै तथा ५ का केहि भाग सहित सिल गर्ने निर्णय मेयर राहितकुमार शाहले जानकारी दिए । यस्तै ३ नम्बर वडाकाेे गुराँस चाेकहुदै दुर्गाप्रावि देखि नारायण थापाको घर दक्षिणकाे क्षेत्र शिल गरिएकाे हाे ।साउदीबाट आएर स्कुलचाैन क्वारेन्टाइनमा बसेका ३ जना र सशस्त्र प्रहरी बल इलाममा कार्यरत रही गाैरादह ७ घर आएका २ जनामा संक्रमण देखिएको हो ।​