प्रदेश १ मा थपिए ४२ संक्रमित

सेयर गर्नुहोस्

विराटनगर, साउन २६

प्रदेश १ मा साेमबार ४२ जना संक्रमित थपिएका छन् । ती मध्ये विराटनगर महानगरपालिकाभित्र नौ जना छन ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १६, झापामा ९, सुनसरीमा १४ खोटाङ र धनकुटामा १–१ तथा सिराह ठेगाना भएका एक गरी ४२ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १ महिला ८ पुरुष, धनपालथान गाउँपालिकामा १ महिला २ पुरुष, सुन्दरहरैचामा ३ र पथरीशनिश्चरे नगरपालिकामा एकजना संक्रमित थपिएका छन् ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा ९, इटहरी उपहानगरपालिकामा १ र रामधुनी नगरपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

झापाको भद्रपुरमा ३ जना, गौरादहमा ५ जना र कमल गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् । धनकुटामा १ जना र खोटाङमा एकजना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै सिराहको एकजना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ । तीमध्ये ९ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।