संक्रमित अस्पताल पुगेपछी, दमक हस्पिटलका सबै सेवा बन्द

सेयर गर्नुहोस्

झापा, साउन २६

झापाको दमकमा रहेको दमक हस्पिटल बन्द गरिएको छ । कोरोना संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीका एक पुरुष हस्पिटलमा जाँच गराउन गएको खुल्न आएसँगै हस्पिटल बन्द गरिएको अस्पताल श्रोतले बताएको छ । उनी कोरोना परीक्षणको रिपोर्ट नआउँदै दिउँसो हस्पिटल गएका थिए ।

उनको दमक नगरपालिकाबाट स्वाब संकलन गरी बुधबार पीसीआर परीक्षणका लागि पठाइएको थियो । दमकबाट पठाइएका एक सय ७ जनामध्ये आज ४७ जनाको रिपोर्ट आएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको थियाे ।

साेही दिन हस्पिटलमा जाँच गर्न उनी गएका थिए । साथीसँगै गएका उनले रूघा लागेकाे बताएका थिए । हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले यो विषम परिस्थितिमा पनि जनतामा सेवा दिदैं आएको तर सुरक्षा निकायका सदस्यबाट नै लापर्वाही गर्नाले हस्पिटलले सेवा दिन नसक्ने बताए उनले कन्ट्रयाक ट्रेसिङ्गको रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख गरे ।

नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव भट्टराईले ३–४ दिनमा उनको सम्पर्कमा आएका र हस्पिटलका को–को सँग उनको भेट भएको थियो, तिनीहरुले को–को सँग भेट गरे तिनीहरु सबैको परीक्षण गरिने बताए ।