बिर्तामाेडकाे लकडाउन खुल्याे

सेयर गर्नुहोस्

झापा, साउन २५

बिर्तामोड नगर क्षेत्रमा जारी लक डाउन हटाइएको छ। आइतबार रातिदेखि लक डाउन खुला गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महताराले जानकारी दिइन् ।

समुदायमा कोरोना भाइरसको संक्रमण बढेको आशंका गर्दै बिर्तामोड नगरपालिकाले साउन १८ गतेदेखि लक डाउन गर्ने निर्णय गरेको थियो । समुदायका एक हजार नागरिकको स्वाब परीक्षण गरेर मात्रै बिर्तामोड नगरपालिकाले बन्दा बन्दी खोल्ने निर्णय गरेको हो ।

सम्भावित जोखिम कायमै रहेपनि आवश्यक स्वास्थ्य  सुरक्षा सतर्कतासहित लक डाउन खोल्ने निर्णय भएको उपप्रमुख महताराले बताइन् । लक डाउन खुलेसँगै सोमवारदेखि बिर्तामोड बजार खुल्ने छ । बिर्तामोडमा आजसम्ममा २२ सय ४३ को पिसिआर परीक्षण गरिएको, जसमा १५ सय ४ जनाको रिपोर्ट आएकोमा १० जनामा मात्र कोरोनाको संक्रमण पुष्टि छ । जसमध्ये ८ जना उपचारपछि घर फर्किसकेका छन् भने २ जना उपचाररत छन् । ७ सय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । लकडाउनको अवधिमा नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिदैं बिशेषगरी अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, नगरका प्रहरी, जनप्रतिनिधि, संचारकर्मी, औषधि ब्यवसायी, बैक तथा बित्तीय संस्थाका कर्मचारी र संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आइ जोखिममा परेका ब्यक्तिहरुको मास स्क्रिनिंग गरिएको नगर प्रमुख शिवाकोटीले जनाएका छन् ।