गाैरादहमा काेराेनाः जाेखिम घटेकाे छैन (विचार सहित)

सेयर गर्नुहोस्

मिलन अधिकारी

गौरादह नगरपालिकाले कोरोना संक्रमणको जोखिम जाँच्नका लागि व्यवसायीहरुको पीसीआर जाँच गर्यो । व्यवसायी र क्वारेन्टाइनमा बसेका ११५ जना सबैको रिर्पोट नेगेटिभ आयो । तत्काल गौरादहको जोखिम भने टर्यो । तर आवातजावतको कडाइ नगरिदा जोखिम बढने चिन्ता पनि उतिकै छ ।
तर झापाको बिर्तामोड, मेचिनगर, अर्नुनधारा नगरपालिका साथै छिमेकी मोरङ जिल्लामा कोरोनाको उच्च जोखिम भन्दै लकडाउन गरिएको छ । यस्तो अबस्थामा गौरादह सधै सुरक्षित नगर होला त ? नगरपालिकाले कोरोना नियन्त्रणका लागि गरेका कामको मुल्यांकन स्थानीयले कसरी गरेका छन् त ? हामीले स्थानीयहरुलाई सोधेका छौ ।
डा. तिलक खनाल, कोभिड साथी अभियान्ता


नगरपालिकाले परिक्षणकालागी पठाएका सबैको रिपोर्ट नेगेटिभ आयो , यो राम्रो कुरा हो । यसले तत्काल गौरादहमा कोरोना जोखिमको अबस्था नभएको देखियो । तर यसो भन्दैमा परिक्षणको दायरा फराकिलो नपारेसम्म जोखिम कायमै रहने छ । आज छैन भनेर भन्दैमा भोली नहुने भन्ने हुदैन् । समुदायका भर्खरै नेपालमा कोरोना देखियो, गौरादहमा असर नदेखिएला भन्न सकिन्न् ।
सरद थापा औषधी व्यवसायी

सामुहिक रुपमा गरिएको परिक्षणको नतिजा नेगेटिभ आएको भएपनि गौरादह पटक्कै सुरक्षित छैन । गौरादह भारतसँग नजिकै छ । खुल्ला सिमानाका कारण कतिपय मानिसहरु सहजै आवातजावत गरिरहेका छन् । माछा ब्यापारी , मल लगायतका सर सामान र मानिस चोरीछिपि आउने क्रम निरन्तर जारि छ । सार्वजानिक स्थलमा दुरी नराख्ने, मास्क नलाउने धेरै देखिन्छन् । गौरादहलाई आगामी दिनमापनि कोरोना संक्रमणबाट सुरक्षित राख्नका लागि सामाजिक दुरी कायम राख्ने, मास्क लगाउनुपर्छ ।
क्रान्तिदिप काफ्ले, पूर्व अध्यक्ष गौरादह जेसीज


गौरादहको सुखद कोरोना रिपोट त आयो । तर हामी जोखिम भन्दा बाहिर छैनौ भन्ने पनि देखियो । बिभिन्न प्रयोजनामा मानिसहरु आउने जाने भइरहेको छ । सामान बस्तु आयात भइरहेकै अवस्था छ । मानिसहरुको अस्वभाविक ओहोरदोहोर रोक्नुपर्छ । काम नपरि हिड्न प्रतिबन्ध लगाउनुपर्छ । यस्तो गरिए मात्रै नियन्त्रण गर्न सकिन्छ । हामीले थाहा नपाइ भाइरस शरिर भित्र भएको पनि हुन सक्छ । यसले समुदायमा पनि संक्रमण फैलाउने जोखिम हुन्छ । सार्वजानिक स्थलमा हात धुने ठाउँ बनाउनु पर्छ । मास्क नभइ सामान विक्री नगर्ने नियम बनाउ, यसले अरुलाइ पनि सुरक्षित बनाउछ, आफूलाई पनि ।
डिल्लीराम काफ्ले पूर्व अध्यक्ष गौरादह उद्योग बाणिज्य संघ


कोभिड १९ महामारी नियन्त्रणका लागि विश्वलाई निकै ठुलो चुनौति बनेको छ । मानिसहरु भिडमा नजाने, अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने गरिनुपर्छ नभए यो संक्रमण फैलिएर जान्छ । स्थानीय सरकारले पनि यीनै कुरालाई जोड दिएको छ । लकडाउन गरेर आर्थिक गतिविधी ठप्प भए मुलुक कुन अवस्थामा प्रबेश गर्ला त्यो बेग्लै बिषय हो । तर अर्थतन्त्र चलायमान बनाउनका लागि बजार खोलेर सुरक्षा सावधानी अपनाउनुपर्छ । गौरादह बजारमा लाग्ने साप्ताहिक हाटवजारमा धेरै भिडवाड देखिएकोले त्यसलाई भने व्यवस्थित गरिनुपर्छ ।