घाेपाका २ चिकित्सकलाई काेराेना

सेयर गर्नुहोस्

 धरान, साउन २५

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको २ जना चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्रिी विभागका दुई जना डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । दुवै जना पुरुष चिकित्सक हुन् । दुवैको अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार आफुलाई शंका लागेर नै दुवै डाक्टरले पिसिआर जाँच गराएका थिए भने आइासेलेट भएर उनीहरु बसेका थिए । ‘उहाँहरु शंका लागेर नै पिसिआर जाँच गराउनु भएको थियो, र आइसोलेट भएर बस्नु भएको थियो,’प्रवक्ता डा.सापकोटाले भने,‘कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published.