क्लासिक टेकले माग्याे १६६ कर्मचारी

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन २५

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले १ सय ६६ जना कर्मचारी माग गरेको छ। कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारी मागेको छ। स्नातक तह उत्तीर्ण गरेका, सावरीचालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले यो पदका लागि आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियट पदहरुका लागि ५०/५० जना कर्मचारी माग गरेको छ। काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि कर्मचारी मागिएको हो। यसमा आवेदन दिन प्लसटु पास गरेको हुनुपर्नेछ।

सेल्स एसोसिएटका लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमति पत्र भएकाहरुले आवदेन दिन सक्नेछन्।

एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमति पत्र भएको हुनुपर्ने उल्लेख गरिएको छ। फ्रन्ट डेस्क एसोसियट पदका लागि भने कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारीसाधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्नेछ।

कम्पनीले सहायक शाखा प्रमुख पदका लागि पनि आवेदन माग गरेको छ। काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि आवेदन माग भएको कम्पनीले जनाएको छ। यसका लागि सेल्स एण्ड अपरेशनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारीसाधन र चालक अनुमति पत्र भएका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।