प्रदेश १ मा आज ६१ कोरोना संक्रमित थपिए

सेयर गर्नुहोस्

विराटनगर: प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् ।

ती मध्ये मोरङमा ४८ जना छन् भने सुनसरीका १० जना छन् । यस्तै, ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोरङको विराटनगरका २६ पुरुष र ७ महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै, बुढीगंगाका १२ जना पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सुनसरीको धरानका २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो भने दुहवीका ३ पुरुष र १ महिलामा, इनरुवाका २ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, महोत्तरीका १ महिला, १ पुरुष र सप्तरीका १ पुरुषमा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।