गाैरादहमा साबुन उद्याेगकाे शिलान्यास

सेयर गर्नुहोस्
  • 323
    Shares

मिलन अधिकारी

गाैरादह, साउन २३

गौरादह ६ का युवाहरुले साबुन उद्योग शुरु गर्ने भएका छन् । गौरादह वडा नं ६ दामुना नजिक “शान्ति चौकमा“ छिट्टै उद्योगको शिलान्यास गरिएको हो । गौरादहका स्थानीय युवाहरु देबराज बुढाथोकी , खेमराज कडरिया र कमल श्रेष्ठले उद्योग सन्चालन गर्ने भएका हुन् ।
५० लाख रुपैया लगानीमा उद्योग शुरु गर्न लागिएको श्रेष्ठले बताए । झापाली ग्रुप अफ कम्पनीको नाममा दर्ता गरेर लुगाधुने साबुन, भाडा माझ्ने साबु, हरपीक, फिनायल उत्पान गर्ने तयारी छ । असोज १ गतेदेखि उद्योगले बजारमा उत्पादन ल्याउने अर्का सन्चालक खेमराज कडरियाले बताए ।
कोरोना माहामारीका कारण बढदो बेरोजगारी समस्या समाधान गर्ने लक्ष्य राखिएको सन्चालकहरले बताएका छन् । उनीहरुले स्थानीय स्तरमै रोजगारीको वातावरण समेत तयार गर्ने बताए ।