गाैरादहमा सामुहिक स्वाब परिक्षणकाे रिपाेर्ट अझै अनिश्चिचत

सेयर गर्नुहोस्

मिलन अधिकारी
गौरादह, साउन २३

समुदायको कोरोना संक्रमणको अवस्था बुझ्न गौरादहमा सामुहिक रुपमा संकलन गरिएका स्वाबको अझै रिर्पोट आएको छैन् । मंगलबार १ सय १५ जनाको स्वाब संकलन गरिएको थियो ।
गौरादहमा व्यवसाय गर्दै आएकाहरुको मुख्य गरि पीसीआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । भोलीपल्टै रिर्पोट आउने नगरपालिकाका प्रमुख रोहितकुमार शाहले दाबी गरेपनि शनिबार पनि रिर्पोट आउने टुंगो छैन् । स्थानीयहरुले कोरोना संक्रमणको स्थितिको अन्दाज हुने भएपनि रिर्पोट आउन यत्रो समय लाग्नु दुखद भएको बताए । एक स्थानीयले भने, मन्त्रीको राजनीतिक नेताको एकैदिनमा रिर्पोट आउने हामी सर्वसाधरणको यत्रो दिन लाग्ने ?
गौरादहका नगरपालिका स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले शुक्रवार साँझ सम्म रिपोर्ट आउने दाबी गरेपनि शनिबार सम्म पनि रिर्पोट आउने टुगो छैन् । गौरादहबाट संकलन गरिएको स्वाब परिक्षणको लागी कोशी अस्पताल पठाईए पनि त्यहाँ त्यहाँ अत्याधिक चाप भएपछी फेरि धरान पठाइएको थियो । धरानमा पनि अत्याधिक चाप भएका कारणले शुक्रबार रिर्पोट आउन सम्भव नभएको हो ।