झापा, साउन २३
झापा जिल्लाको जलथलमा २०६० सालमा भएको हत्याकाे घटनाका एक जना अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । टागनडुब्बाका विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई पक्राउ गरेको हो ।
आफन्तको घरमा लुकेर बसेको अवस्थामा मेचीनगरको धाइजनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।
उनी लामाे समयदेखि फरार थिए । जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा टोलिले विहिवार झापाकाे मेचिनगर १२ स्थित शहरेडाँगीमा आफन्तकाेमा बसेका थिए । घटना पछी अभियुक्त माझि बैदेशिक राेजगारीका लागि दुबइ समेत गएकाे प्रहरीकाे दाबी छ ।