हात्तीकाे आक्रमणबाट कमलमा एकको मृत्यु

सेयर गर्नुहोस्

झापा, साउन २३

झापाको कमल ५ मा हात्तीकाे आक्रमणमा परि एक जनाकाे मृत्यु भएकाे छ । कमल ५ टुक्रे स्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ बर्षिय रेवत रेग्मीको शुक्रबार बिहान मृत्यु भएकाे हाे । ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक भुवनबाबु खड्काले हात्तीले लखेटेर मारेकाे हुन सक्ने बताए । सशस्त्रको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केहि पर हात्तिले मारेको अवस्थामा शव भेटिएकाे थियाे ।