प्रदेश १ का अान्तरिक मामिला मन्त्रीकाे पीसीअार रिपोर्ट नेगेटिभ

सेयर गर्नुहोस्

विराटनगर, साउन २३प्रदेश १ का अान्तरिक मामिला मन्त्री हिक्मत कार्कीकाे पीसीअार रिपोर्ट नेगेटिभ अाएकाे छ । साता अघि काठमाडौमा भएको प्रदेशका गृहमन्त्रीकाे भेलामा सहभागी प्रदेश २ का अान्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा संक्रमण देखिएपछी उनलेे पनि पीसीअार जाँच गरेका थिए । तर उनको रिपोर्ट भने नेगेटिभ अाएकाे मन्त्रालय स्राेतले जनाएकाे छ ।

केहीदिन अघि विराटनगर आएर मन्त्रालयको काममा व्‍यस्त रहदै आएका मन्त्री कार्की कोभिड १९ को रोकथामका लागि योजना र कार्यान्वयनमा ब्यस्त रहदै आएका छन्।उनलेे सर्तक र सचेत रहन प्रदेशबासीलाइ अपिल समेत गरेका छन् ।