आइतबार राति १२ बजेदेखि उर्लाबारीमा लकडाउन गर्ने निर्णय

सेयर गर्नुहोस्

उर्लाबारी, २३ साउन । मोरङको उर्लाबारी नगरपालिकाले आइतबार राति १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म एक सातासम्म लकडाउन गर्ने निर्णय गरेको छ । उर्लाबारी नगरकार्यपालिका र बिपद् व्यवस्थापन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

मोरङ जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सो निर्णयमा पुगेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । लकडाउन अवधिभर नगरभित्र अत्यावश्यक सेवाबाहेकका सबै कुरा बन्द रहने उहाँले बताउनुभयो ।