विराटनगर, साउन२१
विराटनगर महानगरपालिकामा बुधबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले दिएको जानकारीअनुसार आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १८ र १९ साउनमा गरिएको स्वाब परीक्षणमा ७ पुरुष र ४ महिलामा संक्रमण देखिएको हो ।
संक्रमित हुनेनमा विराटनगर-११ का ३ जना, विराटनगर-७ का ३ जना, विराटनगर-३ का २ जना, विराटनगर-१७ का २ जना र विराटनगर-५ का एक जनामा संक्रमणा पुष्टि भएकाे हाे ।
यससँगै विराटनगरमा संक्रमितको संख्या १६९ पुगेको छ । जसमध्ये एक जनाले ज्यान गुमाइसकेका छन् ।