विराटनगर, साउन २१
बुधबार मोरङमा कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-९ गुद्रि र रंगेली-८ का पुरुष छन् । दुवैजना ४५ वर्षीय हुन् । योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
स्वासप्रश्वासको समस्या भएका विराटनगरका पुरुषको कोसी अस्पतालमा र रंगेलीका पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताए । स्वाब परीक्षणका क्रममा उनीहरुमा कोभिड-१९ पोजिटिभ देखिएको डा.दासले बताए । यसअघि मोरङमा विरनटनगर-५ का वृद्ध र सुनवर्षीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
गुद्रिका ती पुरुष मधुमेह र लिभर सम्बन्धी रोगबाट पीडित रहेको अस्पातलका वरिष्ठ फिजिसियन डा.लक्ष्मीनारायण यादव बताए । रंगेलीका पुरुषको अस्पतालमा ल्याउँदै मृत्युको भएकाले अन्य रोगबारे थाहा नभएको उनले बताए ।