काठमाडौं–सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’
जिल्लामा जोरविजोर प्रणाली लागू
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ती जारी गर्दै काठमाडौं उपत्यका र कोभिड १९ को २ सय भन्दा बढी सक्रिय संक्रमण केस भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीमा जोरविजोर लागू हुने जानकारी दिनुभएको छ ।
सहरी इलामा साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने पनि गृहले निर्णय गरेको छ ।
सरकारले आगमन अनुमति पाएकाबाहेक लाई अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावतमा रोक्ने तथा होटल, रेस्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार र अन्य भेलालाई रोक्ने निर्णय गरेको छ ।