सबारी ज्यान मुद्धाका अभियुक्त पक्राउ

सेयर गर्नुहोस्

झापा, साउन २१

सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड १० का २८ वर्षीय युवराज राजवंशी पक्राउ परेका हुन् ।

सवारी ज्यान मुद्दामा झापा जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना हुने ठहर  गरेको थियो । पुनरावेदन गरेका राजवंशीको मुद्दामा उच्च अदालतले जिल्ला अदालतकै मुद्दालाई सदर गरेको थियो ।

२०७४ बैशाख १२ मा भएको फैसलापछि राजवंशी फरार रहँदै आएका थिए । उनलाई बुधबार विर्तामोड-१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउपछि राजवंशीलाई जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले सजाय भुक्तान हुने गरी कारागार चलान गरेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।