काेराेना कहरः गाैरादहमा तत्काल लकडाउन हुदैन-प्रमुख शाह

सेयर गर्नुहोस्

मिलन अधिकारी

गाैरादह, साउन २१

सरकारले लकडाउन खोलेसँगै कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । मृत्यु हुनेको दर पनि दैनिक बढिरहेको छ ।
प्रदेशको राजधानी विराटनगर सहित इटहरी, धरानमा पुनः लकडाउन गरिएको छ । जिल्लाकै बिर्तामोड, अर्जुनधारा नगरपालि क्षेत्र शिल छन् । झापाको गौरादहमा अहिले संक्रमित थप भएका छैनन्, तर सुरक्षा सावधानी नअपनाउदा जोखिम भने बढेको छ । गौरादह नगरपालिकाले कोरोना जोखिम न्युनिकरणका लागि के के गरिरहेको छ त ?
गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह—-


सरकारले लकडाउन हटाएको छ । त्यससँगै कोरोना संक्रमणको दर पनि बढेको छ । गौरादहमा हामीले सुरक्षा सावधानी अपनाउनका लागि सचेत गराएका छौ । बेला बेलामा नगरपालिकाले निशुल्क मास्क, सेनिटाइजर बितरण गरेको छ । खासमा नगरबासीहरु नै सचेत हुनुपर्ने अवस्था हो । तर पनि उनीहरुले सुरक्षा सावधानी नअपनाउदा भने समस्या परेको छ ।
बिशेष गरि गौरादह बजार क्षेत्रमा सर्बसाधारणको बाक्लो उपस्थिति रहने र मास्क नलगाउने, भौतिक दुरी कायम नगर्ने देखिएको छ । यसले थप जोखिम बढाउदै लगेको छ । भीड हुने क्षेत्रमा सकभर नजाउ, जानै परे सावधानी अपनाउन आग्रह गरेको छु । हामीले मंगलबार व्यवसायीहरुको सामुहिक पीसीआर परिक्षण गरेका छौ । बढी जोखिमयुक्त व्यवसाय गर्नेहरुलाई प्राथमिकतामा राखेर परिक्षण गरेका छौ । औषधी पसल, मासु, फलफूल, होटर र सैलुन व्यवसाय गर्नेलाई मुख्य प्राथमितामा राखेर परिक्षण गरेका छौ । अब यसको नजिता सँगै गौरादहको अवस्थाको केही आकलन गर्न सकिन्छ । स्वाब परिक्षणको रिर्पोट आएपछी हामी थप अन्य कदम अघि बढाउने छौ । बुधबार बेलुका नभए बिहिवार सम्म सबैको रिर्पो आइ सक्ने छ ।
अहिले तत्कालको अवस्थामा भने गौरादहबासीलाई सावधानी अपनाउन, सुरक्षाका समाग्री प्रयोग गर्न आग्रह गर्छु । अहिलेकै अवस्थामा गौरादहलाई लकडाउन नै गरिहाल्नुपर्ने स्थिति छैन । तर यसो भन्दा सुरक्षाको उपाय भने सबैले अपनाउनु नै पर्छ ।
गौरादह उध्योग बाणिज्य संघ सहितका सरोकारवासँग हामी नियमित अन्तकृया गरिररहेको छौ । अब परिक्षण रिर्पोट आएपछी लिने रणनितिका बिषयमा परामर्श गरिने छ । अहिले अधिकतम सुरक्षा उपाय अपनाउन नै सुझाव दिन्छु ।