दमकमा आज थप एक जनामा कोरोना पुस्टि

सेयर गर्नुहोस्

दमक,२१ साउन । झापाको दमकमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक ५ हरिओम कोलेनी घर भइ करीब १० दिन अघि भारतबाट घर फर्किएका पुरुषमा संक्रमण पुष्टि भएको वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । गुरुङका अनुसार उनी भारतबाट आएदेखी नै होम क्वारेन्टाइनमा थिए । उनको पोजिटिभ रिपोर्ट आए लगत्तै उपचारका लागि पठाइएको छ । हिजो मात्रै दमकमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससगै दमकमा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ । १० जना उपचार पछि घर फर्किएका छ्न् ।

Leave a Reply

Your email address will not be published.