गौरीगञ्ज गाउँपालिकामा २ जना कोरोना सँक्रमित फेला

सेयर गर्नुहोस्

गौरीगञ्ज/  गौरीगञ्ज गाउँपालिकामा आज फेरी २ जना नयाँ सँक्रमित फेला परेका छन् ।

गौरीगंंज वडा नं. ५ का २२ र ४४ बर्षका दुई पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा गौरीगंजका प्रमुख रामचन्द्र मिश्रले बताएका छन् ।
साउन १८ गते भारतबाट अाएका उनीहरूलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित प्राथिमक स्वास्थ्य केन्द्रकाे नव निर्मित भवनकाे क्वारेन्टाइनमा राखिएकाे थियाे । क्वारेन्टाइनमा रहेका ३४ जनाको स्वाब संकलन गरी पठाएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरुलाई उपचारका लागि मेची अस्पताल भद्रपुरको आइसोलेसन सेन्टर पठाउने तयारी भईरहेकाे जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published.