दमकमा २ सहित झापाका ८ जनामा काेराेना

सेयर गर्नुहोस्

दमक , २० साउन । भारतबाट फर्केका झापाका ८ जनामा आज एकैदिन कोरोनाको संक्रमण देखिएको छ । संक्रमित हुनेहरु सबै पुरुष रहेका छन् । उनीहरु भारतबाट फर्केर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । संक्रमित हुनेहरुमा कचनकवल गाउँपालिका वडा नं १,४ र ७ का तीन पुरुष , भद्रपुर नगरपालिका वडा नं ८ का एक पुरुष , गौरीगञ्ज गाउँपालिका वडा नं ५ का दुई पुरुष र दमक नगरपालिका वडा नं १ र ५ का दुई पुरुष रहेका छन् ।
संक्रमितहरुलाई मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । योसँगै झापामा कोरोना संक्रमितको सँख्या ३८३ पुगेको छ । जसमध्ये ३१८ जना निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।