कोभिड १९ संक्रमणको आशंका भएका एक व्यक्तिको कोशी अस्पतालमा मृत्यु

सेयर गर्नुहोस्

विराटनगर । कोभिड १९ संक्रमणको आशंकामा अस्पताल भर्ना गर्नै लाग्दा उदयपुरका एक व्यक्तिको कोशी अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसनमा भर्ना गर्न ल्याइएका उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मङ्गलबार बिहान मृत्यु भएको हो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले मृतकमा कोरोनाको आंशका गरिएको र लक्ष्यणसमेत मिल्दोजुल्दो देखिएको जानकारी दिए । स्वाब परीक्षणपछि मात्र शवको व्यवस्थापनको काम हुने दासले बताए ।

न्यौपानेले गएरति उच्च ज्वरोको समस्या भएपछि विराट मेडिकल कलेज टंकीसिनवरीमा ल्याइएको थियो तर त्यहाँबाट कोशी पठाइएको थियो । आईसोलेसनमा भर्ना गर्न लाग्दा बिहान १ बजे उनको मृत्यु भएको हो ।

ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको चिकित्सकले बताएका छन् ।

सोमबार कोरोनाकै कारण विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोशी अस्पतालमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.